२६ पुष, जनकपुरधाम । स्रोत नखुलेको करिब ३२ लाख रुपैयाँसहित एकजनालाई सिराहा प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा जिल्लको नगरपालिका-२२ हकपाराका शिवनाथ यादव रहेको प्रहरीले जनाएको हो ।
प्रहरी चौकी लगडीगोठबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ३९ वर्षीय यादवलाई सिराहा नगरपालिका-२१ बाट नियन्त्रणमा लिएको बताएको छ ।
यादवको साथबाट कपडाको झोलामा राखिएको स्रोत नखुलेको ३१ लाख ८९ हजार रुपैयाँ बराबद भएको सिराहाका प्रहरी प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए ।
पक्राउ परेका यादवलाई उक्त रकमसहित आवश्यक कारबाहीका लागि सम्पती शुद्धीकरण विभाग हरिहर भवन ललितपुर पठाइएको छ ।
[sidebar name="button post"]









