२६ पुष, काठमाडौं । राष्ट्रिय सभाको अधिवेशन अन्त्य भएको छ । आइतबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।
मन्त्रिपरिषद्को सिफारिस अनुरुप राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन अन्त्य गर्न आजै पत्र पठाएकी थिइन् । राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री केपी ओलीको सम्बोधनपछि अधिवेशन अन्त्य भएको घोषणा गरेका थिए ।
यही पुष १७ गतेबाट राष्ट्रियसभाको हिउँदे अधिवेशन सुरु भएको थियो । जम्मा १० दिनको अवधिमा ४ दिन बैठक बसेको छ । बैठक अवधि ७ घण्टा ५ मिनेट रहेको राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले जानकारी दिए ।
राष्ट्रिय सभाको चालू बैठकमा प्रधानमन्त्रीको कदमलाई लिएर कांग्रेस, नेकपा प्रचण्ड-नेपाल समूह, जनता समाजवादीलगायतका दलले विरोध भएको थियो ।











