६ मंसिर, भारत मध्यप्रदेशको केही शहरमा आजदेखि रातको समयमा कफ्र्यू लाग्ने भएको छ । कोरोना संक्रमितको सख्या बढ्दै गएकाले मध्यप्रदेश सरकारले आजदेखि लागु हुने गरी रातको समयमा केही शहरमा कफ्र्यू लगाउने घोषणा गरेको भारतीय सञ्चामाध्यमले जनाएका छन् ।
इंदौर, भोपाल, ग्वालियर,विदिशा र रतलाम शहरमा आजदेखि लागु हुनेगरी राती १० बजेदेखि बिहान ६ बजेसम्म कफ्र्यू आदेश जारी गरिने मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले जानकारी दिनुभयो । अति आवश्यक सेवामा जोडिएका मानिस र फ्याक्ट्रीका मजदुर भने राती पनि हिड्न पाउनेछन् ।
अहमदाबाद सरकारले हिजोदेखि लागु हुनेगरि रातको ९ बजेदेखि बिहान ६ बजेसम्म कफ्यु आदेशको घोषणा गरिसकेको छ । तर नागरिकले भने कफ्युको विरोध गरेका छन् ।












