६ मंसिर, काठमाण्डौ। उदाउँदो सूर्यलाई अर्घ्य दिंदै चार दिवसीय मिथिलाञ्चलको प्रमुख पर्व छठ सम्पन्न भएको छ । यसवर्ष छठको चौथो तथा अन्तिम दिन आज व्रतालुहरु बिहान जलाशयमा स्नान गरी उदाएका सूर्यदेवतालाई अर्घ्य दिएपछि छठ विधिवत रूपमा सम्पन्न भएको हो ।

लोक देवी छठीमाइको मुल पुजा हुने छठ पर्वमा सुर्यलाई साक्षी मानेर ब्रतालुहरू तिन निराहार ब्रत बसी अहिले सुर्यलाई अर्घ दिएपछि पारन गरी सम्पन्न गर्दैछन्।

नदी, तलाउ, पोखरी, खोला किनारबाट अघिल्लो दिन अस्ताउँदो सुर्यलाई अर्घ दिएका व्रतालुहरूले रातभर जाग्राम बसेर आज बिहान उदाउँदो सुर्यलाई अर्घ दिएका छन्। बिहान सुर्यलाई अर्घ दिएपछि ३६ घण्टादेखि निराहार र निर्जल रहेका व्रतालुहरुको व्रत पनि समाप्त भएको छ। यसपछि छोरी चेली कहाँ छठ पर्वको प्रसाद कोसेलीको रुपमा पुर्याउने चलन छ।

उपत्यकाको वाग्मती किनारमा बनाइएको छठघाटमा सहभागी भक्तजनहरूले उदाउँदो सूर्यलाई अर्घ्य दिएका छन् । यो वर्ष कोरोना भाइरस (कोभिड–१९) का कारण धेरै सङ्ख्यामा भेला नहुन सरकारले आग्रह गरेको थियो ।












