फ्रेन्च लिग वनमा शिर्ष स्थानमा रहेको पीएसजी मोनोकोसँग पराजित भएको छ । पीएसजीले आठ खेलपछि पहिलो हार ब्यहोरेको हो भने जारी सिजनमा पीएसजीको तेस्रो पराजय हो ।
मोनाकोको घरेलु मैदानमा भएको खेलमा पीएसजी ३–२ गोल अन्तरले पराजित भएको हो । जितसँगै मोनाको १० खेलमा १७ अंक बनाउँदै छैटौं स्थानमा छ । पीएसजी भने शीर्ष स्थानमा कायमै छ ।












