Ad #144479

२७ साउन, काठमाण्डौ। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले कोरोना भाइरसविरुद्धको खोप विकास गर्न सफल भएको बताउनुभएको छ । आफ्ना दुई छोरीमा खोप परिक्षण गरेकोमा कुनै किसिमको साइड इफेक्टु नदेखिएको राष्ट्रपति पुटिनले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रुस खोपको विकास गरी मङ्गलबार दर्ता भएको जानकारीपुटिनले दिइएको वताएका छन् । कोरोनाविरुद्धको खोप दर्ता गर्ने रुस पहिलो राष्ट्र बनेको छ । उक्त खोपस्वास्थ्यकर्मी र उच्च जोखिममा रहेका वर्गमा दिइने जनाएका छन् ।

समाचार एजेन्सी एजेन्सी एएफपीको जानकारी अनुसार यो खोप मस्कोको गामेल्या इन्स्टिच्युटले बनाएको हो । रुसी राष्ट्रपति पुटिनले रुसमा चाँडै नै यो खोपको उत्पादन सुरु गर्ने र ठूलो सङ्ख्यामा खोपको डोज बनाउने बताउनुभएको छ ।

यदि रुसले गरेको दाबी सही साबित भएर विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० ले खोपलाई मञ्जुरी दियो भने विश्वको लागि कोरोना बाट मुक्ती पाउन ठूलो राहत हुने छ ।