Ad #144479

साउन २७,काठमाडौं।भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना भाइरस संक्रमण भएपछि भेन्टिलेटरमा राखेर उपचार भैरहेको छ ।

मुखर्जीलाई हिजो संक्रमण भएको पुष्टि भएपछि सघन उपचारका लागि भेन्टिलेटरमा राखिएको भारतीय संचारमाध्ययमले जनाएका छन् । ८४ वर्षका मुखर्जी मस्तिष्कमा जमेको रगत हटाउन शल्यक्रिया गर्नको लागि अस्पताल जानुभएको थियो ।

शल्यक्रिया अघि परिक्षण गर्दा उहाँमा कोरोना संक्रमण देखिएको हो । उहाँको अवस्था गम्भीर रहेको बताएको अस्पतालले जनाएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । उहाँ सन् २०१२ देखि सन् २०१७ सम्म भारतका राष्ट्रपति हुनुहुन्थ्यो ।