अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस बाहिर गोली चलेको बताएका छन् ।
ह्वाइट हाउसमा भएको नियमित पत्रकार सम्मेलन आकश्मिक रुपमा त्यहाँबाट गएका थिए । उनलाई गुप्तचर निकयाका एजेन्टले विशेष जानकारी दिएपछि पत्रकार सम्मेलन छोडेर भित्र गएका हुन् ।
ट्रम्पले पत्रकारहरुसँग भने अमेरिकी सेक्रेट सर्भिसका व्यक्तिले एक हतियारधारी संदिग्ध व्यक्तिमाथि गोली चलाएका छन् । उनका अनुसार यस घटनापछि घाइतेलाई अस्पताल लगिएको छ ।
झण्डै ९ मिनेटपछि पोडियममा फर्किएका ट्रम्पले गुप्तचर निकायका एजेन्टले आरोपित बन्धुकधारीलाई गोली प्रहार गरेको जानकारी आफूलाई रहेको बताए ।
अहिले अवस्था नियन्त्रणमा छ । एकजनालाई अस्पताल लगिएको छ । यो घटनापछि ट्रम्पलाई प्रेस ब्रिफिङ रुमबाट बाहिर निकालेर उनको निवासमा कडा सुरक्षाका साथ लगिएको थियो ।












