२७ साउन, एजेन्सी । कोभिड–१९ खोपको विश्वका सबै व्यक्तिमा पहुँच पु¥याउन कम्तीमा पनि एक खर्ब अमेरिकी डलर लाग्ने विश्व स्वास्थ्य संगठन ‘डब्ल्यूएचओ’ ले जनाएको छ ।
स्वास्थ्यका लागि प्रयोग हुने उक्त रकम जी–२० देशले कोरोना भाइरस महामारीबाट थला परेको अर्थतन्त्रलाई उकास्न वित्तीय प्रोत्साहनका लागि लगानी गरिसकेको १० ट्रिलियन डलरको तुलनामा यो निकै सानो भएको तर्क उनले गरे ।
कोरोना नियन्त्रण नभएमा अहिलेको स्वास्थ्य तथा आर्थिक सङ्कट थप भयावह हुने भन्दै विश्वले सम्भावित जिम्मेवारीका लागि अग्रसरता देखाउनुपर्नेमा उनले जोड दिए ।












