Ad #144479

लेबनानका प्रधानमन्त्री हसन दियाबले आफ्नो सबै मन्त्रीसँगै पदबाट राजीनामा दिनुभएको छ ।

प्रधानमन्त्री दियाबले राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्दै मन्त्रिपरिषद्का सदस्यसहित आफूले राजीनामा दिएको बताउनुभएको हो । बेरुतमा भएको शक्तिशाली बिस्फोटपछि उत्कर्षमा पुगेको सर्वसाधारणको आक्रोशपछि लेबनानको सरकार ढलेको छ ।

उहाँले यसअगाडि नै राष्ट्रपति माइकल आउनलाई राजीनामा दिनुभएको समाचार एजेन्सीहरुले बताएका थिए ।  तर आधिकारिक घोषणा भने भएको थिएन ।

गएको मंगलबार राति बेरुतको तटीय क्षेत्रमा भण्डारण गरी राखिएको बिस्फोटक पदार्थ बिस्फोट भएपछि सर्वसाधारणको आक्रोश उत्कर्षमा पुगेको हो । उनीहरुले त्यसपछि लगातार प्रदर्शन गर्दै आएका छन् ।

राजीनामा दिएको सरकारलाई अर्को मन्त्री परिषद गठन नहुँदासम्म कार्यवाहकको भूमिका निर्वाह गर्न राष्ट्रपति मिशेल एउनले आग्रह गरेका छन् ।