डोटीको बाँझककनीमा घर भत्किँदा एकै परिवारका चारजनाको मृत्यु भएको छ। अरु पाँचजना घाइते भएको प्रहरीले जनाएको छ ।
गएराति करिब एक बजे स्थानीय अन्दाजी ३२ वर्षीय लोगे विकको घर भत्किँदा उनकी श्रीमती विष्ना विक, १२ वर्षीय छोरा पारस, छोरीहरु आठ वर्षीया सिर्जना र चार वर्षीया जेनिसाको मृत्यु भएको हो ।
लगातार वर्षा भएको र ढुंगा–माटोको गारो युक्त पुरानो घर रातिमा भत्किएकाले क्षति ठूलो भएको प्रहरीको अनुमान छ ।
घटनाबारे थप विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।












