धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलका अनुसार विदेह नगरपालिका–८ निवासी ६० वर्षीय पुरुष बद्री मण्डलको कोरोनाको सङ्क्रमणबाट मृत्यु भएको छ ।
भिड–१९ अस्पतालका संयोजक डा जामुनप्रसाद सिंहले जनकपुरधामस्थित प्रादेशिक अस्पतालको कोभिड–१९ विशेष अस्पतालमा करिब १८ दिनदेखि आइसीयूमा उपचाररत मण्डलको गए राति कोभिड निमोनियाका कारण मृत्यु भएको हो। डा सिंहका अनुसार मृतक मण्डल क्षयरोगको पनि बिरामी थिए ।
प्रमुख जिल्ला अधिकारी भट्टराईले भन्नुभयो, “मृतक मण्डलको ट्राभल हिस्ट्री छैन, धनुषामा समुदायस्तरमै कोरोना सङ्क्रमण फैलिसकेको हुनसक्छ ।”
मृतकको शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी गरिरहेको प्रजिअ भट्टराईले बताउनुभयो । शव अहिले प्रादेशिक अस्पतालमै राखिएको छ । योसँगै धनुषामा कोरोनाले मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।












