बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको हत्या गर्ने प्रयास गरेका १४ इस्लामिक चरमपन्थी लडाकुलाई बंगलादेशको अदालतले मृत्युदण्डको फैसला सुनाएको छ । बंगलादेशको विशेष अदालतले सजाय सुनाएका १४ मध्ये नौजना अहिले बंगलादेशको जेलमा छन् भने बाँकी पाँचजना फरार छन् ।
उनीहरु सबै हर्कत उल जिहाद अल इस्लामि संगठनका लडाकुहरु रहेको न्यायाधीशले बताएका छन् ।
सन् २०१८ मा हसिनाको पार्टी अवामी लिगले बंगलादेशको आम निर्वाचनमा जित हात पारेको थियो । यससँगै हसिना अहिले प्रधानमन्त्रीको चौथो कार्यकाल चलाइरहेकी छिन् ।
[sidebar name="button post"]











