सार्वजनिक स्थलमा स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई संक्रामक रोग ऐन–०२० अनुसार कारवाही गर्न प्रजिअहरुलाई निर्देशन

सरकारले कोरोना संक्रमण थप फैलिन सक्ने आँकलन गर्दै स्वास्थ्य मापदण्डमा कडाइ गर्न देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयले परिपत्र गरेर मास्क अनिवार्य गर्न र भिडभाड हुन नदिन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको हो ।

स्वास्थ्य मन्त्रालयले खतरा औंल्याएपछि गृह मन्त्रालयले परिपत्र गर्दै सीमानाबाट नेपाल प्रवेश गर्नेहरुको रेकर्ड राख्न भनेको छ ।

सार्वजनिक स्थलमा स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई संक्रामक रोग ऐन–०२० अनुसार कारवाही गर्न प्रजिअहरुलाई निर्देशन दिइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत ८ मा कोरोना संक्रमण बढ्ने खतरा औंल्याउँदै सभा,सम्मेलन गर्न रोक लगाउन भनेको थियो ।

[sidebar name="button post"]