ट्वीटरका सीइओ ज्याक डोर्सीको पहिलो ट्वीट एक लिलामीमा बिकेको छ । यो ट्वीट २.९ मिलियन डलर (३३ करोड ६० लाख रुपैयाँ) मा बिक्री भएको हो ।
ज्याकले यो ट्वीटबाट आएको सबै रकम अफ्रिकामा समाजसेवाको लागि एक एजेन्सीलाई बिटक्वाइनको रुपमा दान दिएका छन् ।
ज्याकले पहिलो ट्वीटमा ५ शब्द ‘जस्ट सेटिङ अप माइ ट्वीटर’ लेखेका थिए ।
बीबीसीका अनुसार ज्याकको यो ट्वीटलाई ब्रिज ओरेकल नामको प्रविधि कम्पनीका सीइओ सीना एस्ताभिले किनेका हुन् । ज्याकले बिक्रीबाट आएको रकम अफ्रिका रेस्पोन्स नामक संस्थालाई दान दिएको बताएका छन् ।
बिक्री भइसकेपछि पनि ज्याकको यो ट्वीट ट्वीटरमा आमा मानिसहरुले हेर्न सक्ने गरी सामान्य रुपमै रहनेछ ।
ज्याकको यो ट्वीटले नन फंजिबल टोकनको दर्जा पनि पाएको छ । यो ट्वीट ज्याकले २००६ मा गरेका थिए ।
[sidebar name="button post"]











