Ad #144479

आजका मुख्य समाचारमा

आज शुक्रबार कति पुग्यो कोरोना संक्रमितको संख्या ?

नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२५ जना कोरोना संक्रमित थपिएका छन्।

महान्यायाधिवक्ता अग्नि खरेलले दिए राजीनामा

महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएका छन् । खरेलले आजबाट लागू हुने गरी प्रधानमन्त्री केपी ओली समक्ष राजीनामा दिएका हुन्।

प्रतिनिधिसभामा दुई आयोगका वार्षिक प्रतिवेदन पेश

प्रतिनिधिसभाको आजको बैठकमा लोकसेवा आयोग र राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ ।

सुत्केरीको रोदन : सुत्केरी मात्रै उतार्न पाए त काम गरेर दुई छोरी पाल्थेँ

चौध बर्ष अघि देवकुमार (दिपेश) भुजेल र विनिता राउतको पिरती बस्दा छुट्नुपर्ने कल्पना कहिल्यै गरेनन् । ओखलढुङ्गाको रावादोलु गाउँको वनपाखामा लुकीछिपी लगाएको पिरतीको डोरी अहिले चटक्क चुँडिएको देख्नेहरु जो कोहीको पनि मन अमिलो हुन्छ ।

दक्षिणकालीमा मुखबाट फिँज निस्किएको अवस्थामा दुई पुरुषको शव फेला

दक्षिणकाली नगरपालिका खहरेमा दुई पुरुषको शव भेटिएको छ । महानगरीय प्रहरी परिसरका अनुसार प्रहरी घटनाबारे जानकारी पाएपछि घटनास्तलतर्फ जाँदै छ ।

एक वर्षदेखि निर्माण शुरु गरेको जयबागेश्वरीको आकाशे पुल अलपत्र

भक्तजनको भीड हुने पशुपति क्षेत्रस्थित जयबागेश्वरी मन्दिरअघि काठमाण्डौ महानगरपालिकाले निर्माण शुरु गरेको आकाशे पुल एक वर्षदेखि अलपत्र बनेको छ ।

सामिआ सुलुहु हसन तान्जानियाको पहिलो महिला राष्ट्रपति

तान्जानियामा सामिआ सुलुह हसन पहिलो महिला राष्ट्रपति हुनु भएको छ ।। राजधानी दारेसलाममा सेनाको परेडबीच हसनले शुक्रबार राष्ट्रपति पदमा सपथग्रहण गर्नु भएको छ ।

बन्द रहेको त्रिभुवन विद्यालयमा आजदेखि पुनः पठनपाठन शुरु

चट्याङ लागेर विद्यार्थीको मृत्यु र घाइते भएपछि बुधबारदेखि बन्द गरिएको यहाँका एक विद्यालयमा आजदेखि पुनः पठनपाठन शुरु भएको छ ।

ट्रयाक्टरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

पूर्वी चितवनको कालिका नगरपालिकामा आज बिहान ट्रयाक्टरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।

चीनको तिब्बतमा ६.१ म्याग्नीच्यूडको भूकम्प

चीनको तिब्बत स्वायत्त क्षेत्रमा शुक्रबार ६.१ म्याग्नीच्यूडको भूकम्प गएको चिनियाँ भूकम्प सूचना केन्द्रले जनाएको छ ।

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ८६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

भारतमा कोरोना संक्रमितको संख्यामा फेरि वृद्धि

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्यामा फेरि वृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा करिब ४० हजार जना संक्रमित भएका छन् ।

फ्रान्समा कोरोना भाइरसको संक्रमण बढेपछि फेरि लकडाउन

कोरोना भाइरसको संक्रमण बढेपछि फ्रान्समा फेरि ‘लकडाउन’ भएको फ्रान्सका प्रधानमन्त्री जिन क्यास्टेकले बिहीबार घोषणा गर्नुभएको हो ।

कांग्रेसका युवा नेता जोशीको उपचारमा सरकारले रु. १० लाख सहयोग गर्ने

नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको उपचारमा सरकारले रु. १० लाख सहयोग गर्ने भएको छ।

होटलको कोठाबाट वडाध्यक्षसँगै महिला नियन्त्रणमा

दोगडाकेदार गाउँपालिका–७ का वडाध्यक्ष भरत महरा स्थानीय एक महिलासँग शङ्कास्पदरूपमा भेटिएका छन् । शङ्कास्पदरूपमा भेटिएका वडाध्यक्ष र ती महिलालाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

स्थानीयद्वारा वडा कार्यालयमा तेस्रोपटक तालाबन्दी

ऐँसेलुखर्क गाउँपालिका–२ बाकाचोलको वडा कार्यालयमा स्थानीय बासिन्दाले ताला लगाएका छन् ।

कुटपिटबाट गम्भीर घाइते भएका ३४ वर्षीय पुरुषको मृत्यु, पाँच जना नियन्त्रणमा

कुटपिटबाट गम्भीर घाइते भएका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका खडक भनिने ३४ वर्षीय अजित राईको मृत्यु भएपछि प्रहरीले स्थानीयवासी पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

आज चैत्र ६ गते शुक्रबार, कस्तो छ तपाईंको राशिफल ?

आज मिति वि सं २०७७ साल चैत्र ६ गते शुक्रबार। तपाईंको राशिफल