महान्यायाधिवक्ता अग्नि खरेलले दिए राजीनामा

६ चैत्र, काठमाण्डौ। महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएका छन् । खरेलले आजबाट लागू हुने गरी प्रधानमन्त्री केपी ओली समक्ष राजीनामा दिएका हुन्।

प्रधानमन्त्रीको कानूनी सल्लाहकारका रुपमा रहने महान्यायधिवक्ताको कार्यशैली र क्षमतामाथि बालुवाटारले प्रश्न उठाएपछि उनले राजीनामा दिएको स्रोतको दाबी छ ।

प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेका बेला महान्याधिवक्ताले सर्वाेच्च अदालतसमक्ष बचाउमा राम्रो भूमिका खेल्न नसकेको आरोप लागेको थियो । स्वयं प्रधानमन्त्रीले समेत खरेलको भूमिका र क्षमतामाथि प्रश्न उठाएकाले उनले राजीनामा दिएको स्रोतले बतायो ।

प्रतिनिधिसभा विघटनपछि उनले सर्वाेच्च अदालतमा सरकारको बचाउमा प्रभावकारी भूमिका निभाउन नसकेको भन्दै बालुवाटारले गुनासो गर्दै आएको हो ।

खरेलले राजीनामा दिइसकेको भएपनि आज औपचारिक रुपमा उनी बिदाबारी हुन लागेका छन् । आज दिउँसो १ बजे उनले महान्याधिवक्ताको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।

[sidebar name="button post"]