Ad #144479

६ चैत्र, काठमाण्डौ। नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२५ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार ७५० पुगेको छ।

आज नेपालमा १२३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७१ हजार ७३३ पुगेको छ।

हाल देशभर एक हजार एक जना सक्रिय संक्रमित रहेका छन्।

नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १६ पुगेको छ।