६ चैत्र, काठमाण्डौ। नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको उपचारमा सरकारले रु. १० लाख सहयोग गर्ने भएको छ।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले जोशीको उपचारका लागि १० लाख रूपैयाँ सहयोग गर्ने निर्णय गरेको मन्त्रिपरिषद सचिवालय स्रोतले जनाएको छ ।
गत फागुन १४ मा जोशीलाई मस्तिष्कघात भएको थियो। उनलाई राजिब झालगायत चिकित्सक टोलीले उपचार जारी राखेको छ। जोशीलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको छ।












