आजका मुख्य समाचारमा
बुधबार थप ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा थप ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७८१ मा पिसिआर गर्दा ९४ जनामा कोरोना पुष्टि भएको हो।
प्रधानमन्त्री ओलीले बोलाए संसदीय दलको बैठक, खनाल–नेपाल पक्ष नजाने
प्रधानमन्त्रीसमेत रहेका नेकपा एमाले अध्यक्ष केपी ओलीले भोलि बिहान ११ बजे आफ्नै सरकारी निवास बालुवाटारमा संसदीय दलको बैठक डाकेका छन् ।
प्रधानमन्त्री केपी ओलीको ‘स्वदेशमै रोजगारी’ बोलको गीत उत्कृष्ट
प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उत्कृष्ट गीतकारको प्रमाणपत्र पाएका छन्।प्रधानमन्त्री ओलीले रचना गरेको ‘स्वदेशमै रोजगारी’ बोलको गीतका लागि काठमाण्डौमा आयोजित एक कार्यक्रममा उत्कृष्ट गीतकारको प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।
नेता शाहीलाई मुख्यमन्त्रीका रुपमा समर्थन गर्ने निर्णय फिर्ता
नेकपा(एमाले) कर्णाली प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
काबुलमा बम विस्फोटमा परि पाँच महिला र एक बालकको मृत्यु
अफगानिस्तानको राजधानी काबुलमा सरकारी कर्मचारीहरु चढेको एक बस सडकमा राखिएको बमसँग ठोक्किँदा पाँच महिला र एक बालकको मृत्यु भएको सरकारी अधिकारीहरुले मंगलबार जानकारी दिएका छन् ।
जापानको फुकुशिमामा ५.३ म्याग्नीच्यूडको भूकम्प
जापानको फुकुशिमा प्रिफेक्चर नजिक बुधबार ५.३ म्याग्नीच्यूडको भूकम्प गएको जापानको मौसम विज्ञान विभागले जनाएको छ ।
भारतमा मंगलबार कोरोना संक्रमितको संख्या यस वर्ष शुरु भएयताको नै सब भन्दा बढी
भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्यामा फेरि बृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा २८ हजार ९०३ जना सङ्क्रमित भएका हुन् ।
अमेरिकाको एटलान्टामा गोली चल्दा आठ जनाको मृत्यु
अमेरिकको जोर्जिया राज्यका विभिन्न तीन वटा मसाज केन्द्रमा भएका आक्रमणमा कम्तीमा आठ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार मारिनेहरुमा धेरैजसो एसियाली मुलका महिलाहरु रहेका छन् ।
आजदेखि मोबाइलबाट कोरोना सचेतनामूलक रिङ व्याक टोन सेवा हट्यो
नेपाल टेलिकमले आजदेखि जिएसएम मोबाइल नम्बरको रिङ ब्याक टोन हटाएको छ । टेलिकमले महामारीको रुपमा विश्वभर फैलिइरहेको कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथामका लागि मोबाइलमै सचेतनामूलक रिङ व्याक टोन सेवा सुरु गरेको थियो ।
विचार नहुने कम्युनिष्ट हुन सक्दैन, ओलीको विचार छैन : नेपाल
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अहिले देशमा केपी ओलीका साइबर स्याल हुइँया सुरु भएको भन्दै त्यस्ता छट्टु स्याललाई नपत्याउन आग्रह गरेका छन् ।
टायर पड्किएर वीङ्गर गाडी दुर्घटना हुँदा एकको मृत्यु, ६ जना घाइते
कञ्चनपुरमा टायर पड्किएर वीङ्गर गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ अन्य ६ जना घाइते भएका छन्।बुधबार बिहान ७ बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तर्गत कृष्णपुर नगरपालिका–५ गुलरियामा महेन्द्रनगरबाट धनगढी आउँदै गरेको म १ ज २४३ नम्बरको वीङ्गर दुर्घटना भएको हो।
ओखलढुङ्गाको जङ्गलमा आगलागी, स्याउलाले निभाउने प्रयास
मंगलबार रातिदेखि ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिका-४ मा रहेको जङ्गलमा आगलागी भएको प्रहरीले जनाएको छ ।
कर्णाली किनारमा १० दिनपछि रजनीको शव फेला
आठबीस नगरपालिका–३ दैलख निमाइलकी सात वर्षीया रजनी बडुवालको शव १० दिनपछि कर्णाली नदी किनारमा भेटिएको छ ।
कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर, भेन्टिलेटरमा राखेर उपचार हुँदै
नेपाली कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । नर्भिक अस्पतालका अनुसार हाल भेन्टिलेटरमा नेता जोसीको उपचार भइरहेको छ ।
आज चैत ४ गते बुधबार, कस्तो छ तपाईंको राशिफल ?
आज मिति वि सं २०७७ साल चैत ४ गते बुधबार। तपाईंको राशिफल
[sidebar name="button post"]











