ओखलढुङ्गाको जङ्गलमा आगलागी, स्याउलाले निभाउने प्रयास

४ चैत्र, विराटनगर। मंगलबार रातिदेखि ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिका-४ मा रहेको जङ्गलमा आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बस्ती छेउमा रहेको जङ्गलमा आगलागी सुरु भएपछि स्थानीयबासी र प्रहरीले अहिले नियन्त्रणको प्रयास गरिरहेका छन् । तर आगलागी नियन्त्रणमा आउन सकेको छैन ।

स्थानीय प्रहरी टोलीले आगो नियन्त्रणमा लिन नसकेपछि सदरमुकामबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीले थप टोली घटनास्थलतर्फ गएको गएको छ । जङ्गलमा आगलागी हुँदा विकट ठाउँ भएकाले पनि दमकल जान नसकेपछि स्याउलाले आगो निभाउने प्रयास भइरहेको छ ।

[sidebar name="button post"]