बुधबार थप ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

४ चैत्र, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७८१ मा पिसिआर गर्दा ९४ जनामा कोरोना पुष्टि भएको हो।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ५१८ पुगेको छ। त्यस्तै २४ घण्टामा ५५ जना निको भएर फर्किएका छन्। कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७१ हजार ५५० पुगेको छ।

हाल देशभर ९५४ सक्रिय संक्रमित रहेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार गएको २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन।

[sidebar name="button post"]