प्रधानमन्त्री केपी ओलीको ‘स्वदेशमै रोजगारी’ बोलको गीत उत्कृष्ट (भिडियोसहित)

  • 23
  •  
  •  
  •  
  •  
  •  
  •  
    23
    Shares

४ चैत्र, काठमाण्डौ। प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उत्कृष्ट गीतकारको प्रमाणपत्र पाएका छन्।

प्रधानमन्त्री ओलीले रचना गरेको ‘स्वदेशमै रोजगारी’ बोलको गीतका लागि काठमाण्डौमा आयोजित एक कार्यक्रममा उत्कृष्ट गीतकारको प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा प्रमाणपत्र प्रधानमन्त्रीको प्रतिनिधिका रुपमा चलचित्र निर्देशक बिश्वदीप घिमिरेले बुझ्नु भएको थियो भने प्रधानमन्त्री निवास वालुवाटार पुगेर चलचित्रकर्मी मनोज भेटवाल, निर्देशक विश्वदीप घिमीरे र वरिष्ठ चलचित्रकर्मी लेखक,निर्देशक मोहन निरौलाले प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

प्रधानमन्त्री ओलीको रचना, किरण क्रियशनको प्रस्तुति , युवानेता रमेश पौडेलको संयोजनमा तयार गरिएको उक्त गिती एल्बममा मेलिना राई र शान्तिराम राईको स्वर तथा संगीत रहेको छ ।


  • 23
  •  
  •  
  •  
  •  
  •  
  •  
    23
    Shares