मेवा त सबैले खानु भएकै होला तर मेवाको दाना नि ? हेर्नुहोस् यसका फाइदा

फलफूल स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । मेवा पनि एक स्वस्थकर फल हो । मेवाको फल जस्तै यसभित्र हुने मेवाको दाना पनि उत्तिकै फाइदाजनक हुन्छ । मानिसहरुले मेवा खाएर त्यसको दाना फाल्ने गर्छन् । तर यसको सेवनले स्वास्थ्यमा निकै फाइदा पु¥याउँछ । मेवाको दानाले पेटमा हुने विभिन्न समस्यालाई कम गर्छ ।

कसरी खाने ?

– मेवाको दानालाई पिसेर जुस बनाएर पिउन सकिन्छ ।
– यसको दानालाई खाना सजाउन प्रयोग गर्न सकिन्छ ।
– दानालाई सुकाएर पिसेर खान सकिन्छ ।

यसका फाइदाहरु :

तौल कम गर्न
मेवाको दाना तौल कम गर्न फाइदाजनक हुन्छ । तौल कम गर्नका लागि मेवाको दानाको प्रयोग गर्न सकिन्छ । यसमा भारी मात्रा फाइबर पाइन्छ । लामो समयसम्म भोक लाग्दैन ।

पेट सफा गर्न
मेवाको दानामा एन्टिअक्सिडेन्ट पाइन्छ । यसले पेट र शरीरका विभिन्न अङ्गहरुमा हुने विषाक्त पदार्थहरु बाहिर निकाल्छ । जसले पेट सफा गर्न मद्धत गर्छ । यसले पेटमा भएका विभिन्न समस्याबाट बचाउँछ ।

छाला सफा राख्छ
मेवाको दानाले छालालाई सफा राख्न पनि मद्धत गर्छ । यसले दानालाई अनुहारमा लगाउन सकिन्छ । जसले अनुहारमा हुने दागधब्बा, चाउरी आदिलाई कम गर्छ ।

मांशपेशी बलियो बनाउन
मेवाको दानामा प्रोटिनको मात्रा धेरै हुन्छ । जो व्यक्ति जिम गएर मसल्स बनाउँछन् त्यस्ता व्यक्तिहरुले मेवाको दानाको सेवन गर्न आवश्यक हुन्छ । हरेक दिन मेवाको दानाको पाउडर खाँदा शरीरको आकार मिल्दै जान्छ ।

मधुमेहको समस्या
मेवाको दाना मधुमेहका रोगीहरुका लागि फाइदाजनक हुन्छ । मधुमेहको समस्या हुने व्यक्तिहरुले मेवाको दानाको सेवन गर्नाले स्वास्थ्यमा राम्रो गर्छ।

मृगौला स्वस्थ राख्न
यदि तपाइँ मिगौलाको कुनै पनि समस्याबाट चिन्तित हुनुहुन्छ भने त्यसका लागि मेवाको दानाको सेवनले फाइदा पुर्याउँछ ।

कोलेस्ट्रोल सन्तुलनमा राख्न
मुटु स्वस्थ राख्नका लागि कोलेस्ट्रोल पनि सन्तुलनमा राख्न आवश्यक छ । त्यसैले मेवाको दानाको सेवनले कोलेस्ट्रोल सन्तुलनमा राख्न मद्धत मिल्छ ।

[sidebar name="button post"]