धेरै जसो मानिसहरुले अन्य फलफूल भन्दा पनि केरालाई नै लोकप्रिय ठान्दै आएका छन् । केरा खानु स्वास्थ्यका लागि फाइदाजनक पनि हुन्छ । यो स्वादिष्ट हुनुका साथै पौष्टिक तत्वले पनि भरिपुर हुन्छ । हामीले जुनसुकै खानेकुरालाई त्यसको सकारात्मक पक्षलाई मात्र ध्यान दिने गर्छौं, कहिलेकाही त त्यसको नकारात्मक पक्षहरु पनि हेर्न जरुरी हुन्छ। यसरी नै केरा पनि धेरै खाँदा यसको नकारात्मक असर पर्छ ।
यस्ता छन् यसका असरहरु :
– अत्याधिक मात्रामा केराको सेवनले माइग्रेनको समस्या झन् बढाउँछ र दुखाई झन् बढाउँछ ।
– केरामा बढी पोटाशियमको हुने भएकाले यसको सेवनबाट रगतमा पोटाशियमको मात्रा बढ्छ । जसबाट हाइपरकेलेमिया नामक रोग लाग्न सक्छ ।
– केही व्यतिहरुका लागि केराको सेवन ह्रदयघातको कारण पनि बन्न सकिन्छ ।
– केरामा बढी स्टार्च मात्रा धेरै हुने भएकाले यसले दाँतलाई पनि असर गर्छ ।
– केराको सेवनले कसैलाई एलर्जी हुन सक्छ । यदी यस्ता समस्याहरु देखा परेमा डाक्टरसँग सल्लाह लिन आवश्यक हुन्छ ।
– यसको बढी सेवनले तौल बढ्ने समस्या उत्पन्न हुन्छ ।
– केरामा प्रोटीनको मात्रा धेरै हुने भएकाले धेरै सेवन गर्दा मांसपेशी कमजोर हुने खतरा बढ्छ ।
– कब्जियत हुने, एसिडिटि हुने समस्या भएका व्यक्तिहरुले केरा सेवन गर्नुहुँदैन । यसले ग्यास समस्या बढाउँछ ।










