कागेश्वरी अपडेट : आज दिनभर देश तथा विदेशमा घटेका मुख्य मुख्य समाचार

आजका मुख्य समाचारमा

आज देशभर थपिए १२० कोरोना संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप १२० जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ६०८ पुगेको छ।

नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छ : ओली

आज राजधानीमा विप्लव समूहसँग भएको सहमतिपत्रमा हस्ताक्षर गर्न आयोजित कार्यक्रमलाई संवोधन गर्दै प्रधानमन्त्री ओलीले भने – “देशमा सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माण नै सबैको चाहना हो , त्यसका लागि शान्ति र लोकतन्त्र रहनुपर्छ ।”

जनता नै सबैभन्दा माथि छन् , जनताले एकपटक निर्णयको अधिकार पाउनुपर्छ : विप्लव

नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दले आजको दिन नयाँ उत्साह थप्ने दिन भएको बताएका छन् ।राष्ट्रियसभा गृहमा आयोजित सहमाति पत्र हस्ताक्षर कार्यक्रमलाई संवोधन गर्दै महासचिव चन्दले यो ऐतिहासिक उपलव्धिले नेपाल देशलाई आत्मनिर्भर र स्वाधिन बनाउने बताएका छन् ।

सरकार र विप्लवबीच हस्ताक्षर भएको तीनबुँदे सहमतिमा के छ ?

सरकार र नेकपा नेत्रविप्लव चन्द ‘विप्लव’ले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । राष्ट्रिय सभागृहमा एक विशेष समारोहबीच हिजो भएको सहमतिपत्रमा आज सरकारी वार्ता टोली र नेकपा विप्लव समूहका प्रतिनिधिहरुले विशेष समारोहबीच हस्ताक्षर गरेका हुन् ।

प्रधानमन्त्री ओली र विप्लव एउटै मञ्चमा, ओलीले विप्लवसँग सहयात्राको प्रस्तावका साथ अगाडि बढ्ने

एकातिर प्रचण्ड नेतृत्वको नेकपा माओवादीसँगको पार्टी एकीकरण अलपत्र पारेर प्रधानमन्त्री केपी ओली अर्का माओवादी नेतृत्वसँग अर्काे सहमति गर्दैछन् । ओलीले नेकपा माओवादी क्रान्तिकारी (विप्लव) सँग सहयात्राको प्रस्तावका साथ अगाडि बढ्ने रणनीति बनाएका छन् ।

प्रतिबन्ध हटेसँगै चन्द समूहका नेताकार्यकर्ता रिहाइ प्रक्रिया शुरु

सरकारले नेत्रविक्रम चन्द समूहका गतिविधिमाथि लागेको प्रतिबन्ध हटेसँगै नेता–कार्यकर्ता रिहाइ प्रक्रिया शुरु भएको छ ।

१७ वर्षीया किशोरी बाह्र दिनदेखि सम्पर्कविहीन

जिल्लाको शुक्लागण्डकी नगरपालिका–७ निवासी १७ वर्षीया किशोरी बाह्र दिनदेखि सम्पर्कविहीन भएकी छन् । खैरेनीटार माध्यमिक विद्यालय कक्षा–१० मा अध्ययनरत अस्मिता सुनार सम्पर्कविहीन भएकी हुन् ।

जलाशययुक्त सेती आयोजनाले नौ सय घरधुरीमा असर पर्ने

बोगटान फुड्सिल गाउँपालिकामा निर्माण गरिन लागेको जलाशययुक्त सेती आयोजनाले डोटी र अछामका गरी कम्तीमा पनि ८८४ घरधुरीमा असर पर्ने भएको छ ।

दक्षिण कोरियामा कोभिडको संक्रमितको संख्या घट्दै

दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड– १९) का संक्रमितहरूको संख्या पछिल्लो समयमा केही घटेको देखिएको छ । यहाँका स्वास्थ्य अधिकारीहरूले संक्रमित हुनेहरूको संख्यामा पछिल्ला सातामा केही कमी आएको जनाएका छन् ।

भारतीय युवकको शव आफन्तलाई बुझाउने तयारीमा प्रहरी

कञ्चनपुरको बेलौरी नगपालिकामा बिहीबार साँझ अबेर प्रहरी र तस्करबीच भएको दोहोर भिडन्तमा मारिएका भारतीय युवकको शव आफन्तलाई बुझाउने तयारीमा प्रहरी जुटेको छ ।

म्यानमारको हिंसात्मक दमनविरुद्ध नख्खुस्थित म्यानमारको दूतावास अगाडि विरोध प्रदर्शन

म्यानमारमा सैन्य सरकारले गरिरहेको हिंसात्मक दमनको विरोधमा काठमाण्डौमा प्रदर्शन भएको छ ।नागरिक समाजका अगुवाले म्यानमार दूतावासअगाडि विरोध प्रदर्शन गरेका हुन् । ललितपुरको नक्खु, भैंसेपाटीस्थित दूतावासअगाडि बृहत् नागरिक आन्दोलनको अगुवाइमा प्रदर्शन भएको हो ।

अझै नियन्त्रणमा आउन सकेन जोरायलका जङ्गलमा लागेको आगो

जिल्लाको जोरायल गाउँपालिका–१ गैरालगायत जङ्गल क्षेत्रमा दुई दिनदेखि आगलागी भइरहेको छ ।यहाँका घण्टेश्वर, छहरालगायत विभिन्न सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा आउन नसकेको स्थानीयवासीले जानकारी दिएका छन् ।

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड भन्दा बढी नाग्यो

भारतमा गत २४ घण्टामा १६ हजार ८३८ जना कोरोना सङ्क्रमित थपिएपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ११ लाख ७३ हजार भन्दा बढी पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ ।

कोरोना विरुद्धको दोस्रो मात्रा खोप आगामी वैशाख ७ गतेदेखि

सरकारले पहिलो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाएकालाई दोस्रो मात्रा आगामी वैशाख ७ देखि १५ गतेसम्म लगाउने भएको छ ।

अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड मुस्कान खातुनलाई

तेजाव आक्रमणबाट पीडित वीरगञ्जकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालयले दिने अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार जितेकी छिन्।

लगातार ओरालो लागिरहेको सुनको मूल्य आज पनि तोलामा ९०० ले घट्यो

पहेंलो धातुको मूल्य ओरालो लाग्ने क्रम जारी छ । लगातार ओरालो लागिरहेको सुनको मूल्य आज पनि तोलामा रु ९०० ले घटेको छ ।

आज फागुन २१ गते शुक्रबार, कस्तो छ तपाईंको राशिफल ?

आज मिति वि सं २०७७ साल फागुन २१ गते शुक्रबार। तपाईंको राशिफल

[sidebar name="button post"]