२१ फागुन, काठमाण्डौ । नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दले आजको दिन नयाँ उत्साह थप्ने दिन भएको बताएका छन् ।राष्ट्रियसभा गृहमा आयोजित सहमाति पत्र हस्ताक्षर कार्यक्रमलाई संवोधन गर्दै महासचिव चन्दले यो ऐतिहासिक उपलव्धिले नेपाल देशलाई आत्मनिर्भर र स्वाधिन बनाउने बताएका छन् ।
नेपालको परिवर्तनकारी सहिदहरुलाई स्मरण गर्ने दिन मै हामीले यस्तो सहमतिपत्रमा हस्ताक्षर गर्ने मौका पाएको पनि उनले चर्चा गरे । सहिदको चाहना अझै पूरा हुन बाँकी नै रहेको पनि महासचिव चन्दले चर्चा गरे । उनले राज्य पक्ष र आफ्नो पक्षबीच भएको सहमति हस्ताक्षर पश्चात बोल्दै देशका अधिकांश समस्याहरुबाट मुक्ति पाउन जनताले एकपटक निर्णयको अधिकार पाउनुपर्ने बताए।अहिलेपनि हामी चाहन्छौं, जनमत संग्रह गरेर संसदीय व्यवस्थाबारे जनताका धारणा बुझौं । जनतालाई त्योे अधिकार दिनुपर्छ ।
कम्युनिष्ट आन्दोनलमा सबै नेताले ठूला कष्ट दुख भोगेको हुनाले आज सबै सहिद परिवारको चाहना पूरा गर्ने वाचा गर्नुपर्ने उनले औंल्याए । अब हाम्रा सबै साथीहरु जेलबाट छुट्ने विश्वास गर्दै महासचिव चन्दले भने उन्मुक्त आकासमा विचरण गर्दै जनताका पक्षमा काम गर्ने प्रतिवद्धता उनले प्रकट गरे ।
जनता नै सबैभन्दा माथि छन् , त्यसैले त्यो फैसला गर्ने मौका जनतालाई दिनुपर्छ भन्ने मान्यता अहिलेपनि कायमै छ भन्दै उनले भने –त्यो आँट गरौं, अग्रगामी सोचका साथ जान सक्नुपर्छ । तर उग्र भएर हैन, सालिनतापूर्वक त्यो आँट गरौं ।
राज्य र विप्लव पक्षबीच भएको तीनबुँदे सहमतिअनुसार राज्य पक्ष र विप्लव पक्षबीच शुक्रबार हस्ताक्षर भएको हो।











