२१ फागुन, काठमाण्डौ। एकातिर प्रचण्ड नेतृत्वको नेकपा माओवादीसँगको पार्टी एकीकरण अलपत्र पारेर प्रधानमन्त्री केपी ओली अर्का माओवादी नेतृत्वसँग अर्काे सहमति गर्दैछन् । ओलीले नेकपा माओवादी क्रान्तिकारी (विप्लव) सँग सहयात्राको प्रस्तावका साथ अगाडि बढ्ने रणनीति बनाएका छन् ।
अहिले राजधानीको राष्ट्रियसभा गृहमा प्रधानमन्त्री ओली र नेकपा क्रान्तिकारीका महासचिव नेत्रविक्रम चन्द एउटै मञ्चमा सहभागी भएका छन् । हिजो मात्र सरकारसँग भएको सहमतिपत्रमा हस्ताक्षर गर्न आयोजित सो कार्यक्रममा उनीहरु सहभागी भएका हुन् ।
सरकार र विप्लव समूहबीच हिजो तीन बुँदे सहमति जुटेको छ । कार्यक्रम भर्खरै सुरु भएको छ । दुबैतिरका वार्ताकारसहित ठूलो समूहको उपस्थितिमा कार्यक्रम भइरहेको छ ।
[sidebar name="button post"]











