कागेश्वरी अपडेट : आज दिनभर देश तथा विदेशमा घटेका मुख्य मुख्य समाचार

आजका मुख्य समाचारमा

२४ घण्टामा थप ११० जनामा कोरोना संक्रमण पुष्टि, चार जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ११० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। तीन हजार दुई सय १८ जनाको पीसीआर परीक्षण गर्दा एक सय १० कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले सही फैसला गर्छ : प्रचण्ड

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले सही फैसला गर्ने विश्वास व्यक्त गर्नुभएको छ।

आमाद्वारा एक वर्षीया शिशुको हत्या, शिशुका आमाबाबुसहित ५ जना नियन्त्रणमा

रुपन्देहीको मायादेवी गाउँपालिकामा आमाले छोरीको हत्या गरेकी छन्। एक वर्षीया शिशुको हत्या गरेको आरोपमा प्रहरीले रुपन्देहीमा शिशुका आमाबाबुसहित ५ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रधानमन्त्री केपी ओली आजदेखि ७० वर्षमा प्रवेश

प्रधानमन्त्री केपी ओलीले आज जन्मदिन मनाउनु भएको छ । प्रधानमन्त्री ओली मंगलबार ७० वर्ष पुग्नु भएको छ जन्मदिनमा प्रधानमन्त्रीको सरकारी निवासमा ओलीले जन्मदिन मनाउनु भएको हो।

राजनीतिक स्थिरताका लागि निर्वाचन आवश्यक : अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले राजनीतिक स्थिरता र स्थायित्वका लागि मध्यावधि निर्वाचन आवश्यक रहेको बताउनुभएको छ ।

पशुपतिनाथ मन्दिरमा सुनको जलहरी लगाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

सर्वोच्च अदालतमा पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने सरकारको निर्णयविरुद्ध छुट्टाछुट्टै दुई रिट निवेदन दर्ता गरिएको छ ।

नेपाली राजनीतिमा मदन भण्डारीको मार्गनिर्देशक महत्वपूर्ण : मुख्यमन्त्री पौडेल

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मदन भण्डारीको सिद्धान्तअनुसार राजनीति अगाडि बढेको बताउनुभएको छ ।

सङ्घीयता कार्यान्वयनका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक : उपसभामुख शर्मा

गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले सङ्घीयता कार्यान्वयनका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहने बताउनुभएको छ ।

लोकतन्त्रवादीेले न्यायालयको फैसला मान्नुपर्ने : उपप्रधानमन्त्री पोखरेल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले लोकतन्त्रवादीेले न्यायालयको फैसला मान्नुपर्ने बताउनुभएको छ । प्रेस सङ्गठन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले न्यायालयको फैसला आफूहरुले मान्ने स्पष्ट गर्नुभयो ।

तीन सामुदायिक वनमा लागेको आगो १८ घण्टापछि नियन्त्रणमा

बागलुङको गलकोटका तीनवटा सामुदायिक वनमा लागेको आगो झण्डै १८ घण्टापछि नियन्त्रणमा आएको छ । सोमबार दिउँसोदेखि गलकोट नगरपालिका–५ र ७ का सामुदायिक वनमा लागेको आगो स्थानीयवासी र प्रहरीको सक्रियतामा आज बिहान नियन्त्रणमा आएको हो ।

कहिले खुल्लान् फेवाताल किनारको रत्नमन्दिर र हिमागृह?

फेवातालको किनारैमा छ, पोखराको राजदरबार । जसलाई रत्नमन्दिर र हिमागृह भनेर चिनिन्छ । राजा महेन्द्रले श्रीमती रत्न राज्यलक्ष्मी शाहको नाममा विसं. २०१३ सालमा बनाउन शुरू गरेका रत्नमन्दिर दरबार २०१५ सालमा बनाउन सकिएको थियो ।

‘ग्यालेक्सी फोर के’ लिएर आउंदै रवि लामिछाने

सञ्चारकर्मी रवि लामिछानेले नयाँ टेलिभिजन च्यानल सञ्चालन गर्ने घोषणा गरेका छन् । मंगलबार नक्सालको एक होटलमा विशेष कार्यक्रम गरेर लामिछानेले ‘ग्यालेक्सी फोर के’ नामको टेलिभिजन च्यालन सञ्चालनको घोषणा गरेका हुन् ।

अफगानिस्तानमा कोभिड-१९ विरुद्धको खोप अभियान शुरु, पहिलो चरणमा चिकित्सक, सुरक्षाकर्मी र पत्रकारहरुलाई दिइने

अफगानिस्तानमा मङ्गलबारदेखि कोभिड–१९ विरुद्धको खोप अभियान शुरु भएको छ ।

सेनाको हवाई कारबाहीमा आठ लडाकूको घटनास्थलमै मृत्यु

अफगानिस्तानको दक्षिणी हेल्मन्ड प्रान्तमा सेनाले गरेको कारबाहीमा कम्तीमा आठ जना तालिबान विद्रोहीको ज्यान गएको सेनाले जनाएको छ ।

राष्ट्रिय सुुरक्षा परिषद्को बैठक निर्वाचन सुरक्षा विषयमा केन्द्रित

प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को नियमित बैठक आज बसेको छ ।

निर्वाचन सामग्री खरीद गर्न बोलपत्र आह्वान

निर्वाचन आयोगले आगामी निर्वाचनमा मतदान केन्द्रमा प्रयोग हुने विभिन्न सामग्री खरीदका लागि बोलपत्र आह्वान गरेको छ ।

उमेर हेरेर मात्र विवाह गर्न पर्वतका पुरोहित सहमत

विवाहमा केटाकेटीको उमेर हेरेर मात्र काम गर्न पर्वतका पुरोहित सहमत भएका छन् । जिल्लामा बालविवाह र बहुविवाह गर्नेको सङ्ख्या दिनदिनै बढ्न थालेकाले प्रहरीसँगको सहकार्यमा पुरोहितहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

विप्लवमाथिको प्रतिबन्ध हट्ने

भूमिगत राजनीतिमा रहेकोे नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीमाथिको प्रतिबन्ध हटाउने मुख्य अजेण्डा राखेर अहिले प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद बैठक गरिरहेका छन् ।

सुनको मूल्य तोलामा १००० रुपैंयाले बढ्यो , तोलाको कति पुग्यो ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ८९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर ९० हजार १०० रुपैयाँमा कारोबार भएको हो ।

स्थगन भएको ‘बी’ डिभिजन लिग फुटबल आजबाट शुरु

शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गतका बाँकी खेल आजदेखि शुरु हुने भएका छन् । कोरोना भाइरसको महामारीका कारण ‘बी’ डिभिजन लिग गत वर्ष चैत ५ गते स्थगन भएको थियो ।

कञ्चनपुरमा फरुवा प्रहार गरी श्रीमानको हत्या

बेलौरी नगरपालिका–६ भुरकोटकी एक महिलाले फरुवा प्रहार गरी आफ्नै श्रीमान्को हत्या गरेकी छन् । आज बिहान २८ वर्षीया वसन्ती चौधरीले ३० वर्षीय आफ्ना श्रीमान् ओमकुमार चौधरीको फरुवा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

म्यानमारमा अहिलेसम्मकै ठूलो प्रदर्शन

म्यानमारमा सैन्य ‘कू’ को विरोधमा अहिलेसम्मकै ठूलो प्रदर्शन भएको छ ।आन्दोलनलाई सशक्त बनाउन आमहड्तालको आह्वान गरिएको छ । आमहड्तालसँगै व्यापार र व्यवसाय बन्द गरिएका बीबीसीले जनाएको छ ।

श्रीसदनमा अवलोकनकर्ताको भिड बढ्यो, तीन महिनामा १३ हजारभन्दा बढीले गरे अवलोकन

नारायणहिटी दरबार सङ्ग्रहालयस्थित पूर्वराजा वीरेन्द्र र पूर्वरानी ऐश्वर्यको निवास रहेको श्रीसदनमा अवलोकनकर्ताको भिड बढ्न थालेको छ ।

माल्दिभ्समा भित्रिए यस बर्षकै धेरै पर्यटक

स्थानीय सञ्चारमाध्यमहरुले सार्वजनिक गरेको विवरण अनुसार सोमबार माल्दिभ्समा पाँच हजार १०० पर्यटक भित्रिएका हुन् । यो सङ्ख्या सन् २०२१ को अहिलेसम्मकै सबैभन्दा धेरै रहेको पनि अधिकारीहरूले जनाएका छन् ।

मंगलबारका दिन के गर्दा शुभ मानिन्छ ? यसो गर्नुहोस् सधैँ मिल्छ भगवान गणेशको कृपा !

मंगलबारका दिन भगवान गणेशसँगसँगै भगवान हनुमानको पनि पूजा हुने गर्दछ। हिन्दू शास्त्रका अनुसार मंगलबारको सम्बन्ध मंगल ग्रहसँग हुन्छ। संकटको समयमा मानिसको उर्जा हानी हुने गर्छ। त्यसैले यस दिन हनुमानलाई प्रशन्न पार्ने काम गरिन्छ।

नृत्य साधनामा प्रेम श्रेष्ठ : नेपाली साँस्कृतिक नृत्यलाई विश्वमा चिनाउने प्रयासमा

प्रेम श्रेष्ठको लागि नृत्य साधना हो । उहाँ १८ बर्षदेखि नृत्यमा लाग्नु भएको हो । र अहिलेसम्म पनि यसैलाई निरन्तरता दिंदै आउनुभएको छ । नेपाली सांस्कृतिक सबैप्रकारका नृत्य सिक्दै गाउँ गाउँ र टोल टोलमा गएर सिकाउने उहाँको सपना छ । त्यस्तै विश्व सामु नेपाली सांस्कृतिक नृत्य चिनाउने उहाँको लक्ष्य छ ।

आज फागुन ११ गते मंगलबार,कस्तो छ तपाईंको राशिफल ?

आज मिति वि सं २०७७ साल फागुन ११ गते मंगलबार । आजको तपाईंको राशिफल

[sidebar name="button post"]