म्यानमारमा अहिलेसम्मकै ठूलो प्रदर्शन

म्यानमारमा सैन्य ‘कू’ को विरोधमा अहिलेसम्मकै ठूलो प्रदर्शन भएको छ ।

आन्दोलनलाई सशक्त बनाउन आमहड्तालको आह्वान गरिएको छ । आमहड्तालसँगै व्यापार र व्यवसाय बन्द गरिएका   बीबीसीले जनाएको छ ।

म्यानमारको सेनाले भने प्रदर्शनमा उत्रिए जे पनि हुन सक्ने चेतावनी दिएको थियो । तर, सेनाको चेतावनीको अवज्ञा गर्दै प्रदर्शनकारीहरु प्रदर्शनमा लागेका हुन् ।

यसअघि प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर दुई जनाको ज्यान गएको थियो । गएको फेब्रुअरी १ मा सेनाले सत्ता हत्याएपछि म्यानमारमा विरोधका कार्यक्रमहरु भइरहेका छन् ।

 

[sidebar name="button post"]