17 - 17Shares
११ फागुन, बुटवल । रुपन्देहीको मायादेवी गाउँपालिकामा आमाले छोरीको हत्या गरेकी छन्। एक वर्षीया शिशुको हत्या गरेको आरोपमा प्रहरीले रुपन्देहीमा शिशुका आमाबाबुसहित ५ जनालाई नियन्त्रणमा लिएको छ ।
घटनामा रुपन्देही मायादेवी ३ हरहरवाकी मृतककी आमा २१ प्रेमा यादव, ससुरा बुद्धिराम यादव, सासु राजमती यादव, श्रीमान् राजकुमार यादव र प्रेमाको साथी भनिएका लुम्बिनी सांस्कृतिक नगरपालिका ९ का प्रदिप चौधरीलाई प्रहरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
शिशुको शव आफन्तले खोलामा गाडेको खबर पाएपछि पुगेको प्रहरीले दानव खोलानजिकैबाट शव पनि निकालेको छ । शिशुको मृत्युपछि आत्महत्या गर्ने प्रयास गरेकी प्रेमालाई उनकी नन्दले डोरी काटेर बचाएको पाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सत्य नारायण थापाले बताउनु भयो ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

17 - 17Shares