संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले सही फैसला गर्छ : प्रचण्ड

११ फागुन, काठमाण्डौ। नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले सही फैसला गर्ने विश्वास व्यक्त गर्नुभएको छ।

मंगलबार ‘जनयुद्धको हस्ताक्षर’ पुस्तक विमोचन समारोहमा बोल्दै प्रचण्डले ५ पुसपछि आफूहरु नयाँ प्रकारको युद्धमा रहेको बताउनु भयो ।

संसद विघटनलाई प्रतिगमन भन्दै प्रचण्डले त्यसविरुद्ध हुँदै आएको आन्दोलनलाई शान्तिपूर्ण युद्धको संज्ञा दिनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको युद्ध आफूहरूले जित्नुपर्ने पनि बताउनु भएको छ ।

प्रचण्डले धेरै मेहनत गरेर पार्टी एकता गरे पनि प्रधानमन्त्री ओलीले विघटन र विसर्जतिर लैजान खोजेको आरोप लगाउनु भएको।

[sidebar name="button post"]