एजेन्सी – ग्रीसमा फेरी लकडाउन भएको छ । ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोताकिसले देशका केही ठाउँमा लकडाउन घोषणा गरेका छन् ।
ग्रीसका झण्डै आधा जनसङ्ख्या रहेको मानिने अत्तिका क्षेत्रमा थप मानवीय सङ्कट नपरोस् भनेर लकडाउन घोषणा गर्न अधिकारीहरूले सिफारिस गरेका थिए ।
लकडाउन घोषणा गरिएकाले त्यस क्षेत्रका सबै विद्यालयहरू बन्द भएका छन् । त्यसैगरी अन्य पसल तथा सेवाका क्षेत्रसमेत बन्द गरिएको छ । ग्रीसमा गत नोभेम्बरको ७ तारिखदेखि देशव्यापी लकडाउन लागू गरिएको थियो ।
[sidebar name="button post"]











