एफए कप फुटबलको क्वाटरफाइनलमा म्यानचेस्टर सिटी, लेस्टर सिटी, एभर्टन र शेफिल्ड युनाइटेड प्रवेश गरेका छन् ।
म्यानचेस्टर सिटीले स्वान्सी सिटीलाई ३–१ ले पराजित गरेको हो ।
यस्तै टोटनह्यामलाई अतिरिक्त समयमा धकेलिएको खेलमा ५–४ ले पराजित गरेर एभर्टन पनि क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ ।
इन्जुरी समयको चौथो अर्थात ९४ औँ मिनेटमा इहिनाचोको गोलको सहयोगमा ब्राइटनलाई १–० ले पराजित गरेको लेस्टर सिटीले पनि अन्तिम ८ मा स्थान बनाएको छ ।
यसैगरि शेफिल्ड युनाइटेडले पनि ब्रिस्टोल सिटीलाई १–० ले पराजित गरेर क्वाटर फाइनलमा स्थान बनाएको छ ।
[sidebar name="button post"]











