काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका ९ मानेटारमा बिहान ठूलो आवाजसहित विष्फोट भएको छ।
विष्फोट हुँदा स्थानीय मीरा ओझा घाइते हुनुभएको छ। उहाँलाई उपचारको लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।
विष्फोट मीराको भान्साकोठामा भएको थियो । ग्यास, कुकर वा अरु नै विष्फोटक पदार्थ विष्फोट भएको भन्ने बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
[sidebar name="button post"]








