कागेश्वरीमा अहिलेसम्म ६९ जनामा काेराेना संक्रमण

भदाै ६, काठमाण्डाैकाे कागेश्वरी मनोहरा नगरपालिकाभित्र अहिलेसम्म ६९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

ती मध्ये नगरपालिकाको वडा नम्बर ९ मा मात्र ३२ जनामा संक्रमण देखिएकाे नगरपालिकाले जानकारी दिएकाे छ । संक्रमित बढेपछि काठमाडौ उपत्यकामा सरकारले निषेधाज्ञा लगाएकाे छ ।

त्यस्तै कागेश्वरी मनोहरा नगरपालिकाले वडा नम्बर ९ को काठमाण्डौ महानगरपालिका वडा नम्बर ३२ को सिमाना गान्धी आदर्श माबि हुदै बीरेन्द्रचोकसम्म को (जगत जंग मार्ग) बाटोको दॉयॉ बॉयॉको कुनैपनि पसलहरू नखोल्न अनुरोध गरेकाे नगरपालिकाका प्रमुख कृष्णहरि थापाले बताउनुभयाे ।

वडा कार्यालयले याे क्षेत्रलाई काेराेना प्रभावित क्षेत्र भन्दै केहि दिन संयमता अपनाउन नागरिकलाई अनुराेध गरेकाे छ । यसैविच कागेश्वरी मनोहरा नगरपालिकाले मुलपानी नगर अस्पतालमा काेराेनाका विरामी राख्न थप ४ तल्लाको घर भाडामा लिएको छ ।

अब मुलपानी नगर अस्पतालमा केही दिन भित्र ७५ बेडसम्म अाइसाेलेसनमा राख्न सकिने भएकाे छ ।

[sidebar name="button post"]