शैक्षिक क्षेत्रका विभिध विषय समेट्दै सेरिन टक सो

३ भदौ, काठमाडौं। विश्व कोरोना भाइरसको महामारीको कारण आक्रान्त छ नेपालमा पनि बढ्दो मात्रामा संक्रमीत र ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गईरहेको छ । नेपाल बिगत ५ महिना देखि बन्दाबन्दीको अवस्थामा रहेको छ । कोरोना भाइरसको जोखिम कम गर्न गरेको बन्दाबन्दीको कारण देशको विभिन्न क्षेत्र अस्तब्यस्त अवस्थामा छन् ।

कोरोना भाइरसको कारण ले सबै क्षेत्रमा असर पारिरहेको अवस्थालाई मध्यनजर गर्दै नेपालको लागि शिक्षा र अनुसन्धान केन्द्र (सेरिन) ले शैक्षिक क्षेत्रमा परेको प्रभावको विषयमा आधारित रहेर शैक्षिक कुराकानी सेरिन टक सो कार्यक्रम लिएर आउने भएको छ । यस कार्यक्रमको मुख्य उद्देश्य कोरोना भाइरसले शैक्षिक क्षेत्रमा पारेको असर ,चुनौती र अवसर के कस्तो रहेको जानकारी अभिभावक तथा बिद्यार्थीहरु माझ पुर्याउने रहेको केन्द्रको अध्यक्ष राम न्यौपानेले बताउनु भयो।

बिगतका दिनहरुमा देशको विभिन्न सामुदायिक विद्यालयहरुमा गएर पुस्तकालय निर्माण, विभिन्न शैक्षिक कार्यक्रम र अनुसन्धानमुलक कार्यक्रम गरेको केन्द्रले यसै कोरोनाको महामारीको बेलामा पनि विभिन्न जनचेतना मुलक कार्यक्रम, सन्देशमुलक अनलाइन चित्रकला, निबन्ध र कविता वाचन प्रतियोगिता पनि सफलताका साथ सम्पन्न गरेको थियो ।

[sidebar name="button post"]