राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्त्येष्टि आज गरिदै

राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्त्येष्टि आज गरिदैछ । केही समयदेखि बिरामी हुनुभएका राष्ट्रकवि घिमिरेको हिजो बेलुकी १ सय १ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो । उहाँको अन्त्यष्टि आज पशुपतिमा गरिने परिवारले जनाएको छ ।

घिमिरेले कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद, लेख, प्रबन्धलगायतका क्षेत्रमा कलम चलाउनु भएको छ । तिमध्ये राष्ट्रकवि घिमिरेका गौरी शोक काव्य सबैभन्दा चर्चित छ ।

उहाँका ‘नवमञ्जरी, ‘घामपानी, ‘नयाँ नेपाल र ‘किन्नरकिन्नरी आदि कविता सङ्ग्रह प्रकाशित छन् । स्वच्छन्दतावादी भावधाराका कवि घिमिरेका ‘गाउँछ गीत नेपालीजस्ता कैयौँ राष्ट्रिय भावका गीत तथा कविताहरू लोकप्रिय छन् ।

[sidebar name="button post"]