बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै

२६ पुष, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्। आइतवार विहान साढे ११ बजेका लागि बैठक बोलाएको हो । साढे ११ बजे बैठक बोलाइए पनि अझै बैठक सुरु भएको छैन।

मन्त्रिपिरषदको नियमित बैठक सोमवार र बिहीवार बस्ने भएपनि ओलीले मन्त्रीहरुलाई विहान १० बजे फोन गरेर बालुवाटार आउन निर्देशन दिएका हुन्। बैठकको एजेण्डाबारे भने केही नखुलाइएको बताइएको छ।

[sidebar name="button post"]