२६ पुष, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज दिउँसो १ बजे राष्ट्रियसभालाई संवोधन गर्ने भएका छन् । त्यसबारे उनले संसद् सचिवालयलाई जानकारी गराइसकेकाछन् ।
राष्ट्रियसभामा जानुअघि ओलीले आजै बिहान साढे ११ बजे मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । सामान्यतः मन्त्रिपरिषदको बैठक हप्ताको दुई दिन सोमबार र विहीबार बस्ने चलनछ । तर आज भने एक्कासी बैठक डाकिएको छ ।
एक मन्त्रीका अनुसार, विहान १० बजे मुख्यसचिबले फोन गरेर बैठकबारे जानकारी दिएका हुन् । तर अजेण्डाबारे भने केही बताइएको छैन । स्रोतका अनुसार, चालू राष्ट्रियसभा अन्त्य गर्न सिफारिश गर्न बैठक डाकिएको हो ।
यही पुष १७ गतेदेखि राष्ट्रियसभाको बैठक चलिरहेको छ । बैठक अन्त्य गर्नुअघि प्रधानमन्त्री ओलीले संवोधन गर्ने तयारी भएको बताइएकोछ ।
[sidebar name="button post"]









