कस्तो छ तपाईंको यो साता ? हेर्नुस् पौष २६ गतेदेखी माघ ०३ गते सम्मको साप्ताहिक राशिफल

आज पौष २६ गते आईतबारदेखी माघ ०३ गते शनिबारसम्मको साप्ताहिक राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :

सामाजिक कामको सिलसिलामा ब्यस्त हुने समय रहेको भए पनि प्रतिफल शुन्य जस्तै हुनेछ । राजनीति तथा समाजसेवामा गरीएको लगानी बालुवामा पानि जस्तै हुनेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्नसक्छ । नीति निर्माण तहमा तपाईंको सहभागिताले महत्वपूर्ण भूमिका खेल्ने भएपनि आफ्नै साथीहरुबाट आलोचना खप्नु पर्नेछ । बुधबार बिहानसम्मको समय मध्ययम रहेकोले लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला । बुधबार दिउँसोबाट समय उत्तम रहेकोले नयाँ काम पाउने तथा नोकरीमा बढुवाको प्रशस्त सम्भावना रहेको छ । व्यापार ब्यबसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिने छ भने नयाँ प्रकृतिको काम गर्ने वातावरण बन्नेछ । पढाइ लखाइमा तपाईंको नाम अग्र स्थानमा आउनेछ । आमा बुवाको सल्लाह तथा सुझाबलाई आत्मसाथ गर्दै अगाडी बढ्दा मनग्गे लाभ लिन सकिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :

साताको सुरु र अन्तको समय राम्रो रहेकोले महत्वपूर्ण जिम्मेवारी सम्पादन गर्नको लागि अवसर जुर्नेछ । राज्य तथा राजनीतिमा सम्मानजनक उपश्थिति रहने हुनाले जनताको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्यात्म तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ भने धार्मिक प्रतिष्ठान तथा मन्दिर तिर गई टिका तथा प्रशाद ग्रहण गर्ने अवसर जुर्नेछ । यात्रासँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ।आर्थिक अवस्थामा सुधार भएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेको छ । सोमबार दिउँसोबाट शुक्रबार साझसम्मको समय मध्ययम रहेकोले परिवार तथा आफन्त जनसँग मनमुटाव बढ्नेछ । सवारी साधन तथा यात्रा गर्दा बिषेश ध्यान दिनुहोला दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । स्वास्थ्य सम्वन्धी समस्याले सताउनेछ भने आफन्त तथा विश्वास गरेकैहरुबाट धोका हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :

साताको सुरु र अन्तको समय राम्रो रहेकोले माया प्रेममा अविश्वास बढ्नेछ भने पति पत्नी बीच मनमुटाव सिर्जना हुनेछ । व्यापार व्यावसाय आम्दानी थोरै हुनेछ भने आज लगानी नगर्नु नै राम्रो हुनेछ । शुभचिन्तकको पनि साथ नहुने हुँदा एक्लो पनको महशुष हुनेछ । पहिलेका सम्झौता भङग हुनेछ भने साझेदारहरु बीच भनाभन हुने योग रहेकोछ । पढाइ लेखाइमा अल्छि गर्नाले नतिजा भनेजस्तो आउने छैन ।बुधबार दिउँसोबाट शुक्रबार साझसम्मको समय मध्ययम रहेकोले ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ भने यहि बेलामा आयस्रोतका बाटाहरु साँघुरा हुनेछन् । खानपानमा बिशेष ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्याले सताउन सक्छ । आफन्त तथा दिदिबहिनीसँग साना साना कुरामा मनमुटाव बढ्ने छ । यात्रा गर्दा सावधानि अपनाउनु होला आजको दिन मध्ययम रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :

साताको सुरु र अन्तको समय मध्ययम रहेकोले समस्याका खाडलहरु पुर्न अथक प्रयास गर्दा गर्दै विफल हुनुपर्दा तनाव बढ्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ भने दैनिकी प्रभावित हुनेछ । बिषेश गरी चेलि माईतीसँग कुनै कारोबार गर्दा ख्याल गर्नुहोला मनमुटावको स्थिती सिर्जना नहोला भन्न सकिन्न ।लामो दुरीको व्यावसायिक यात्राको अधिक सम्भावना रहेको छ । सवारी साधन तथा भौतिक सम्पती हात लागी हुनेछ भने विलासी वस्तुहरुको प्रयोग मार्फत अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । सोमबारबाट शुक्रबारसम्मको समय उत्तम रहेकोले ब्यबसाय फस्टाएर जाने हुनाले मनग्गे नाँफा कमाउन सकिने तथा थप लगानी गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिने हुँदा मन प्रसन्न रहनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :

बुधबार बिहानसम्मको समय मध्ययम रहेकोले सोचेको कामहरु तत्काल गर्न नसकिने हुँदा समयले तपाईंलाई पछि छाड्नेछ । भौतिक सम्पती तथा सवारी साधनको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । बुधबार दिउँसोबाट समय राम्रो रहेकोले बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलार्ई परास्त गर्दै नतिजा आफूतिर ल्याउन सकिनेछ। ऋण,रोग तथा सत्रुबाट छुटकरा पाउने समय रहेको छ । राजनीति गर्नेहरुले सहकर्मिहरुलाई किनारा लगाउंदै पद प्रतिष्ठा पाउनेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ। आर्थिक रुपमा सम्पन्न हुने योग रहेको छ । माया प्रेममा सामिप्यता बढेर जानेछ।मामा तथा मावलि पक्षबाट सहयोग तथा समर्थन पाइनेछ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) :

साताको सुरु र अन्तको समय राम्रो रहेकोले न्यायिक निर्णयहरु तपाईं कै पक्षमा आउने छ। प्रतिस्पर्धीहरुलार्ई परास्त गर्दै अपेक्षित नतिजा हात पार्न सकिनेछ । बिद्यामा तपाईंको नाम अग्र स्थानमा आउने तथा अन्य क्रियाकलापमा पनि सहभागि भई प्रतिस्पर्धीहरुलार्ई हराउन सकिनेछ । मायाप्रेममा नजिकिने समय रहेको छ। पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । व्यापारमा प्रशस्त आम्दानी हुनाले दैनिकि सहज मार्गमा अगाडी बढ्नेछ । खेलकुद तथा यस्तै पराक्रमि क्रियाकलापमा भाग लिन सकिनेछ । सोमबार दिउँसोबाट शुक्रबार दिउँसोसम्मको समय मध्यम रहेकोले खानपानमा बिशेष ध्यान दिनुहोला। पेट सम्बन्धी समस्या आउन सक्छ । भौतिक सम्पती तथा सवारी साधनको कारोबार गर्दा वा प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्यम रहेकोछ । सन्तान तथा छोराछोरिसँग पनि मनमुटाव सिर्जना हुने योग रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :

साता मिश्रित रहेकोले पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फइदा लीन सकिने छ। प्रतिस्पर्धीहरु परास्त हुनेछन् । दाजुभाई तथा छिमेकीहरुसँगको सम्वन्धमा सुधार भएर जानेछ । छोटो तथा रमाईलो यात्रा हुन सक्छ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैया पैसा कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । लेखन कला तथा साहित्य जस्ता क्षेत्रमा झुकाव बढ्नेछ । तरपनि राजनीति तथा समाजसेवामा जनताको काम गर्न हर कोषिश गर्दा गर्दै नसकिने हुँदा आलोचनाको शिकार हुने योग रहेकोछ । सामाजिक मान सम्मानमा आघात पुग्ने योग रहेकोछ । घर परिवारबाट टाडा हुनुपर्दा नरमाईलो लाग्नेछ । आमा वा घर परिवारका आफूले मान्नु पर्ने मानिसहरुको सल्लाह तथा सुझाबलाई शिरोधार्य गर्दै अगाडि बढ्नुहोला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :

भौतिक वस्तुहरुको प्रयोग गर्न पाइने तथा आकस्मिक धन सम्पती प्राप्त हुने हुँदा सुख सागरमा रमाउने समय रहेको छ । शिक्षामा सुधार भई बिगतका कमजोरिलाई सच्याउदै चाहेको गन्तव्य पहिल्याउन सहज हुनेछ । छुट्टिएका माया प्रेमहरु पुनह जोडिने अधिक सम्भावना रहेकोछ भने नयाँ प्रेम प्रस्ताव आउनेछ । बित्तिय क्षेत्रसँग सम्बन्धी पेशा व्यावसायबाट मनग्गे धन कमाउन सकिनेछ । आफन्त तथा सन्तानले प्रगति गरी तपार्ईँलाई सम्झनेछन् । सोमबार,मंगलबार र शनिबारको समय मध्ययम रहेकोले वादबिवाद तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरु हावि हुनाले हरेक कामहरु प्रभावित हुनेछन् । न्यायिक निर्णयहरु तपार्ईँको पक्षमा नआने हुनाले आजको दिन यस्ता क्रियाकलापमा सामेल नहुनुहोला । पुराना रोग तथा ऋणहरु पुनह बल्झने हुँदा मानशिक तनाब बढ्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :

कामहरु स्वत स्फुर्त रुपमा अगाडी बढ्नेछन् । व्यापार ब्यबसाय फस्टाएर जाने तथा नयाँ प्रकृतिको व्यवसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । माया प्रेमको डोरो कसिलो हुनुको साथै घर परिवारमा बिग्रेको सम्बन्ध सुधार भएर जानेछ । पारिवारिक माहोलमा मिष्ठान्न भोजनमा साथ रमाईलो गरी समय कटाउन सकिनेछ । तरपनि बोल्दा वा कुनै निर्णय गर्दा ख्याल गर्नुहोला बोलिको गलत अर्थ लाग्ने तथा तपार्ईँको निर्णय तपार्ईँ आफैलाई आत्मघाती हुनसक्छ । खानपानमा ध्यान नदिंदा स्वास्थ्य सम्बन्धी समस्या आउनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :

साताको सुरु र अन्तको समय राम्रो रहेकोले आफन्तजन तथा दाजुभाईबाट भनेजस्तो सहयोग पाइने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेममा सामिप्यता बडेर जानेछ भने परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ । भौतिक सम्पती तथा सवारी साधन प्राप्तिको गतिलो सम्भावना रहेकोछ । बिद्यामा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । सोमबार दिउँसोबाट बुधबार बिहानसम्मको समय मध्यम रहेकोले गलत काम भुलेर पनि नगर्नुहोला नराम्रो परिणाम भोग्नु पर्नेछ । स्वास्थ्य बिग्रने हुँदा कामहरु प्रभावित हुनेछ सचेत रहनुहोला । घरायसि कुरामा आफन्तहरु बिच मनमुटाव सिर्जना हुनेछ भने माया प्रेममा घटपट हुने योग रहेकोछ । लामो दुरिको विदेश यात्रा हुने तथा विदेशमा हुनेहरुले मनग्गे धन सम्पति जोड्ने ग्रहयोग रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :

राजनीति तथा समाजसेवामा गरीएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि हुनेछ । निति निर्माण तहमा तपार्ईँको सहभागिताले महत्वपुर्ण भुमिका खेल्नेछ । व्यापार व्यावसायमा प्र्रशस्त नाँफा कमाउन सकिनेछ भने पढाइ लेखाइमा भनजस्तो सफलता हुने हुदा मन प्रशन्न रहनेछ ।साताको सुरु र अन्तको समय राम्रो रहेकोले सांगितिक माहोलमा दिन बित्ने हुदा मन प्रशन्न रहनेछ । नयाँ काम पाउने तथा नोकरिमा पदोन्नतीको गतिलो योग रहेकोछ । बुधबार दिउँसोबाट शुक्रबार साझसम्मको समय मध्यम रहेकोले स्वास्थ्यमा गडबड आई दैनिक कामकाज बिग्रने खतरा रहेकोछ सचेत रहनुहोला । व्यापारमा लगानी गर्न केही समय पर्खनु राम्रो रहेकोछ । प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले तथा नचाहँदा नचाहँदै टाढीनु पर्दा मनमा नरमाईलो लाग्नेछ । तरपनि बिदेशमा उत्पादिन सामानहरुको व्यापार फस्टाएर जानेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :

राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाईनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिने हुनाले गुरुवर्ग तथा आफन्त खुशी हुनेछन् । माया प्रेममा सामिप्यता बढ्नेछ । कामको सवालमा बिशिष्ट व्याक्तिहरुसँग भेटघाट हुनेछ । आफन्त,घरपरिवार तथा साथिभाईहरुका सहयोग पाईनाले मन प्रशन्न रहनेछ । प्रेममा रमाउन चाहने जोडीहरुका लागी समय फलदायी रहेकोछ । व्यापार व्यवसायमा लगानी गरी मनग्गे लाभ लिन सकिनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । कृषि व्यवसाय, पशुपालन व्यवसायमा पनि लगानी गरी आम्दानी बढाउन सकिनेछ । तरपनि यात्रा गर्दा र भौतिक सम्पतीको प्रयोग गर्दा ध्यान दिनुहोला ।

राशिफलमा जे जस्तो भनेपनि तपाईंको यो साता शुभ रहोस् ।

[sidebar name="button post"]