Ad #144479

७ पुष, काठमाडौं । नेकपाको विवाद चर्किएपछि बेग्लाबेग्लै केन्द्रीय कमिटीको बैठक चलेकै दिन प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले अध्यक्ष पदबाट केपी ओलीलाई हटाएको छ ।

बबरमहलमा जारी बैठकले अध्यक्षबाट ओलीलाई हटाएको निर्णय गरेको हो । उक्त बैठकमा नेकपाको ४४७ सदस्यीय केन्द्रीय कमिटीका ३१० भन्दा बढी सदस्य सहभागी थिए ।