Ad #144479

७ पुष, काठमाडौं । प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति वैठकले माधवकुमार नेपाललाई नेकपाको दोस्रो वरियताको अध्यक्ष बनाएको छ । काठमाडौंको बबरमहलमा जारी रहेको वैठकले केपी ओलीलाई अध्यक्ष पदबाट हटाउने पनि निर्णय गरिएकाे छ ।

बैठकमा केन्द्रीय सदस्य प्रभु साहले पार्टीमा दुई अध्यक्ष नभई एकल अध्यक्ष हुनुपर्ने फरक मत राखेका थिए । तर, उनकाे मत अस्वीकृत भएकाे थियाे । त्यसैगरी कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्यमा लैजाने निर्णय केन्द्रीय कमिटीले गरेकाे छ ।