५ पुष, काठमाडौं । सरकारले संसद विघटन गर्ने निर्णय गरेको छ । आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले संसद विघटन गर्ने निर्णय गरेको हो । बैठकले प्रतिनिधिसभा भंग गर्न निर्णय राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
राष्ट्रपतिले सिफारिस प्रमाणीकरण गरेपछि संसद विघटन हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने निर्णय सिफारिस गरेको केही समयमै राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गर्ने गरेकी छिन् । यो सिफारिस पनि तत्कालै स्वीकृत हुने सम्भावना छ ।












