५ पुष, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शीतलनिवास पुगेका छन् । संसद विघटनको सिफारिस लिएर प्रधानमन्त्री ओली राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका हुन् ।
आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनको सिफारिस गर्ने निर्णय गरेको हो । सोही निर्णयअनुसार प्रधानमन्त्री ओली सिफारिस लिएर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पुगेका हुन् ।
सरकारले सिफारिस गरेअनुसार राष्ट्रपतिले विघटन गरेमा प्रतिनिधिसभा भंग हुनेछ । संसद विघटन गर्ने सरकारको निर्णयको चौतर्फी आलोचना भइरहेको छ ।












