५ पुष, काठमाडौं । सत्तारुढ नेकपा फुटको नजिक पुगेका बेला अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीच बालुवाटारमा आकस्मिक छलफल भइरहेको छ ।
बालुवाटारमा मन्त्रिपरिषद बैठक अगाडी ओली र प्रचण्डबीच आकस्मिक भेटवार्ता जुराइएको हो । बिहान मन्त्रिपरिषद बैठक र दिउँसो स्थायी कमिटी बैठक आयोजना गरिदा ओली र प्रचण्डबीच गोप्य तर महत्वपूर्ण विषयमा छलफल भइरहेको हो ।
आजको मन्त्रिपरिषद बैठकबाट प्रधानमन्त्री ओलीले केही महत्वपूर्ण तर घातक निर्णय गर्न सक्ने अनुमान गरिएको छ ।












