काठमाडौंः नेकपा माओवादी केन्द्रले काठमाडौं क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी निष्कृय बनाउन निर्देशन दिएको छ ।
माओवादी पार्टी केन्द्रीय कार्यालयले प्रतिनिधिसभा र प्रदेश सभा क को उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।
केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालका अनुसार प्रतिनिधिसभा र प्रदेश सभा ‘क’ को उम्मेदवारी निष्कृय पार्न निर्देशन दिइएको हो । सत्तारुढ गठबन्धनबीच यो क्षेत्रमा नेपाली कांग्रेसको उम्मेदवार रहने सहमति भएको थियो ।
काठमाडौं–३ मा माओवादी केन्द्रबाट बद्री बजगाई र प्रदेशसभामा काठमाडौं ३ (क) मा कपिलमुनि उप्रेतीको उम्मेदवारी परेको छ ।
माओवदीले काठमाडौं-३ (ख) मा भने सत्ता गठबन्धनबीच मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति भएको भन्दै महेश्वर फुयालको उम्मेदवारी कायम राखेको छ ।
[sidebar name="button post"]