क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं- क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा थुनछेक बहस सुरु भएको छ। बुधबारबाट सुरु भएको थुनछेक बहस सकिएको छैन। जसकारण मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।

 काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।  आजको बहसमा प्रतिवादी सन्दीपको तर्फबाट रोशनी पौडेल, मुरारी सापकोटासहित  वरिष्ठ अधिवक्ता शशि अधिकारी, सुनिता रेग्मी, अधिवक्ता शान्ति काफ्लेलगायतले बहस गरेका थिए ।

पीडित किशोरीको बयान अनुसार त्यस राति सन्दीप उक्त होटलमा देखिएको, सिसी टिभी फुटेज लगायतबाट उक्त कुरा पुष्टि भएको र राति एउटै कोठामा बसेकोसम्म प्रतिवादीले स्वीकार गरिसकेको र अन्य घटना प्रमाण तथा बयानहरुका आधारमा  बलात्कार पुष्टि भएको दावी उनीहरुको थियो।

यसअघि मंगलबार साँझ अबेरसम्म सन्दीपको बयान लिइएको थियो । बयान लिएर सकेपछि सन्दीपविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखेर आज थुनछेक बहस भएको हो ।  १७ वर्षीय नाबालिग किशोरीलाई जबर्जस्ती करणी गरेको जाहेरीका आधारमा सन्दीपमाथि प्रहरीले अनुसन्धान गरेको थियो ।

[sidebar name="button post"]