यो चुनावपछि देउवा नै छैटौं पटक प्रधानमन्त्री बन्नुहुन्छः महत

रूपन्देही: नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले निर्वाचनपछि कांग्रेस सभापति प्रधानमन्त्री शेरबहादुर देउवा पुनः प्रधानमन्त्री बन्ने बताएका छन् ।

उनले चुनावमा सबैभन्दा धेरै सीट कांग्रेसले ल्याउने र पार्टी सभापतिको हैसियतमा देउवा नै प्रधानमन्त्री हुनुपर्ने आफ्नो पार्टीको बटमलाइन भएको बताए । कांग्रेस निर्वाचन प्रचारप्रसार समितिका संयोजकसमेत रहेका प्रवक्ता डा। महतले १६५ सिट मध्ये ९१ सिटमा नेपाली कांग्रेस उम्मेदार भएकोले अन्य पार्टीभन्दा निश्चित रुपमा धेरै सिट आफ्नो पार्टीको आउने दावी गरे ।

बुधबार रिपोटर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै प्रवक्ता महतले तत्कालीन समयमा बहुमतको नेकपा सरकार हुँदा नागरिकले धेरै दु:ख पाएको भन्दै गफ लगाउनेलाई विश्वास गर्नुभन्दा नबोलेर काम गर्नेलाई मुल्यांकन गर्न जिकिर गरे ।

पाँच वर्ष पहिले नेकपा एमालेले जारी गरेको घोषणापत्रमा उल्लेख भएका योजना र अहिले पनि जारी गरिएको घोषणापत्रमा समेटिएका बुँदाहरू जनतालाई झुक्याउने भन्दा अरु नयाँ केही नभएको दाबी गरे ।

एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर बनेको एउटै पार्टीभित्रको अविश्वासका कारण विभाजन हुन पुगेको बहुमतको सरकार भंग भएपछि बनेको नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भएपछि कोभिड नियन्त्रण लगायत काम गरेको जनाए ।

[sidebar name="button post"]