झाँक्रीलाई पक्राउ गर्न प्रहरी शंखमुल

२९ माघ, काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न सादा पोशाकका प्रहरी उनको निवास शंखमुल पुगेका छन्। प्रचण्ड नेपाल समूहको आमसभामा मुखमा कालो टेप टाँसेर मञ्चमा उक्लिएकी झाँक्रीले आफूविरूद्ध लगाइएको आरोपको विरोध गर्दै बोल्न पाइन्छ भनेकी थिइन ।

यसअघि प्रहरीले राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिबारे सोधपुछ गर्न झाँक्रीलाई बोलाएको बताएको थियो। प्रहरीले आज बिहान बिहान १० बजे आउन भनेका थियो तर उनी नआएपछि प्रहरी अहिले सादा पोशाकमा प्रहरी उनको निवासमै पुगेका हो ।

यसअघि झाँक्रीले गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपति भण्डारीले सक्रिय राजनीति गरेको भन्दै आलोचना गरेकी थिइन्। झाँक्रीको यो अभिव्यक्ति आएपछि नेकपाको ओली समूहले तीव्र आलोचना गरेको थियो। झाँक्रीलाई कारबाही माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको थियो। झाँक्रीले भने आफ्नो भनाइ महिला अस्मितासँग नजोडिने बताउँदै आएकी छन्।